विवेकशील नेपाली समाज सेवा क्लब द्वारा १५० घर बाढीपीडित परिवारलाई राहत वितरण

रौतहट ४ भदौ ।
विवेकशील नेपाली समाज सेवा क्लबले बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । विवेकशील नेपाली समाज सेवा आज क्लबले रौतहट क्षेत्र नं १ हाल राजदेवी नगरपालिका ९साविक० गाविस लक्ष्मीपुर बेलबिछवाका १५० घर बाढीपीडित परिवारलाई वितरण गरिएको छ ।

महाबिनाशकारी बाढीले रौतहटको धेरै धन, बल र जनको क्षति पुर्या०एकोले लक्ष्मीपुर बेलबिछवा ८र९ टोलका सिंगो दलित बस्तीलाई बाढीले बगाएकोले काठमाडौं बाट संकलन गरि युवा समाजसेवी तथा शिक्षक ओम बहादुर कार्कीको संयोजकत्वमा ल्याइएका राहत सामाग्री प्रहरी चौकी लक्ष्मीपुर बेलविछवा कार्यालयको प्राङ्गणमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक बिकास अधिकारी, नेपाल प्रहरीका असई बब्लु झा, युवा प्रभावशाली समाजसेवी पत्रकार रिपोर्टर्स क्लब नेपाल रौतहट तथा मधेश प्रदेश अनलाइन अध्यक्ष अभिमनु कुमार पटेलको रोहवरमा सम्पूर्ण राहत वितरण गरिएको हो।
समाजसेवी ओम बहादुर कार्कीले नसोचेको भन्दा अप्रिय घटना जस्तै यो जिल्लामा बाढीले क्षति पुर्यानएको छ । दुख परेको वेलामा थोरै भए पनि सेवा गर्न मौका पाएमा साह्रै खुशी लागेको बताएका हुन ।

रिड नेपाल संस्थागौरले राहतवितरण गर्ने टोलीलाई बस्ने, खाने र आफनो सहयोगिकर्ता समेत उपलब्ध गराउनु भएको थियो । राहत,सामाग्री,चामल,दाल,चिउरा,बिस्कुट,चाउचाउ,वाटरगार्ड, लत्ताकपडा लगायतका सामाग्री वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *