सर्जकहरुले कलाको माध्यमबाट विचार प्रवाह गर्नुपर्ने : प्रगति राई

ललितपुर २८ साउन
गायक तथा सङ्गीतकार सुदेश शर्मा र कवि तथा उपन्यासकार प्रगति राईको विशेष उपस्थिति र प्रस्तुतिसहित अलग अभियानले साउन शृङ्खला सम्पन्न गरेको छ ।
कवि तथा उपन्यासकार प्रगति राईले “सर्जकहरुले कलाको माध्यमबाट विचार प्रवाह गर्नुपर्ने बताउँदै अलग अभियानले साहित्य र सङ्गीतलाई सँगै अघि बढाएकोमा प्रशंसा गर्दै रुख’, ‘प्रेमका कुरा’, ‘वादी विज्ञप्ती’, ‘नेपथ्य’, ‘ढुङ्गा बोल्यो’ शीर्षकका कविता वाचन गरिन् ।

सुदेश शर्माले ‘हामी नदीका दुई किनारा’, ‘डाँडाकाँडा नाघेर गएँ’, ‘अब त नशा’, ‘साँच्चै लाग्छ तिमीले त ठट्टै गरे नि’ बोलका गीत प्रस्तुत गरे । अन्तिम प्रस्तुतिको रुपमा ‘अच्छा लेकिन लण्डनको चिसोले समाउँला’ प्रस्तुत गर्दा दर्शकहरु नाचेका थिए ।

अतिथिहरुको अलवा स्रष्टाहरु बम बानियाँ, विमल राई, बलराम तिमल्सिना, अनिल नेम्बाङ, साङ्केन बान्तावा, अविनाश भट्टराई, इनुमा राई, सिता थुलुङ, नविन प्यासी, प्रमोद श्रेष्ठ, उदिम किराती, प्रिन्स याक्खा लगायतले कविता र गजल वाचन गरे ।

सङ्गीतकार मण्डल साम्पाङले आफ्नै शब्द सङ्गीतमा गीत प्रस्तुत गरे । गायिका आभा मुकारुङले भने डिपी खनालको शब्दलाई धनु ग्याङ्मीको सङ्गीतमा प्रस्तुत गर्दा वाद्यवादन तबलामा यम कुमार समाल, गिटारमा धनु ग्याङ्मी र हार्मोनियममा मण्डल साम्पाङले साथ दिएका थिए । अलग अभियानले हरेक महिनाको अन्तिम शनिबार साहित्य र सङ्गीतको शृङ्खला आयोजना गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *