साउदीमा रहेका अवैधानिक कामदारहरुले ६० दिनभित्र साउदी छाड्नु पर्ने

मङ्सिर, ३ साउदी- साउदी अरेविया सरकारले अकामा अथवा परिचयपत्रको म्याद सकिएका तर साउदी छाड्ने अनुमति लिइसकेका कामदारलाई दुई महिनाभित्र फर्कने अवसर दिएको छ ।

साउदीको जेनेरल डिरेक्टर अफ पासपोर्ट विभागले ६० दिन थप म्याद थप गरेको हो । यसअघि पनि अवैधानिक आप्रवासी कामदारलाई कागजपत्र मिलाउन र आममाफीको अवधिमा घर फर्कन चार महिनाको समय दिएको थियो ।

साउदीले अवैधानिक कामदारलाई यसरी घर फर्कने म्याद नथप्ने जनाएको छ । साउदी छाड्ने अनुमति लिइसकेकाे तर अकामा (परिचयपत्र)को म्याद सकिएका कामदारले आफूहरु समस्यामा पर्ने बताएका उज्यालो अनलाईनमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *