कोरियाली आकाशमा, अमेरिकी बम वर्षक विमान

कोरिया ३ असोज- अमेरिकाले कोरियाली प्रायद्वीपमा सोमबार आफ्ना युद्धक विमान र बम वर्षक विमान उडाएर शक्ति प्रदर्शन गरेको छ । दक्षिण कोरियाली युद्धक विमानका साथ सैन्य अभ्यास गर्दै अमेरिकाले बम आक्रमण गर्ने अभ्यास गरेको हो ।
अमेरिकाका चारवटा युद्धक विमान र दुईवटा बम वर्षक विमानले कोरियाली प्रायद्वीपमाथि उडान भर्दै उत्तरलाई तर्साउन खोजेका थिए । दक्षिण कोरियाली समाचार समिति योन्हापका अनुसार अमेरिकाले युएस चार एफ-३५ बी स्टेल्थ जेट र दुईवटा बी-१बी रणनीतिक बमवर्षक विमान प्रयोग गरेको थियो।

उत्तर कोरिया र अमेरिकाबीच विवाद बढ्दै गएका बेला भएको युद्धाभ्यासले यस प्रायद्वीपमा तनाव अझै बढ्ने अवस्था देखिएको छ ।उत्तर कोरियाले शुक्रबार मात्रै जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । केही साताअघि उत्तर कोरियाले हाइड्रजन बम मिश्रित क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यसकै प्रतिउत्तरमा अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको दक्षिण कोरियाका रक्षामन्त्रीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *