चाम्लिङ खाम्बातिम केन्द्रलाई मुन्दुम रिलुङ प्रकाशनको लागि खाम्बातिम बेलायतको आर्थिक सहयोग

काठमाडौं,२७ मंसिर – किरात राई चाम्लिङ खाम्बातिम, बेलायतले मुन्दुम रिलुङ प्रकाशनका लागि काठ्माडौस्थित किरात राई चाम्लिङ खाम्बातिम केन्द्रलाई ५ लाख ६१ हजार २ यस ९० रुपैयाँ सहयोग गरेको छ । रिलुङ प्रकाशनका लागि किरात राई चाम्लिङ खाम्बातिम बेलायतका कोषाध्यक्ष नवराज राईले ५ लाख ६१ हजार २ यस ९० रुपैयाँको चेक केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज राईलाई हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै किरात राई चाम्लिङ खाम्बातिम बेलायतका कोषाध्यक्ष नवराज राईले भने “केन्द्रले गर्ने शुभकार्यमा बेलायतको सदैव साथसहयोग रहने छ ।”

यस्तै किरात राई चाम्लिङ खाम्बातिमका बेलायत सल्लाहकार अमर राईले भने “आफ्नो गाउँबाट टाढा रहेकालाई भाषा संस्कृतिको माया धेरै हुने भएकाले मुन्दुमको शृंखला कामयावी हुने बताए ।”

किरात मुन्दुम दर्शन अध्ययन तथा अनुसन्धान कार्यसमिति अध्यक्ष जयकुमार राईले सबैको साथसहयोगबाट मुन्धुमका महत्वपूर्ण किताब प्रकाशन गर्न सफल भएकोमा गौरव गरे । अध्यक्ष राईले भने, ‘जति धेरै भाषामा मुन्दुम आउँछ, त्यति नै राम्रा कुरा भेटिन्छन् ।’

किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समिति अध्यक्ष युवराज राईले खाम्बातिम केन्द्रको अनुरोध स्वीकार्दै रिलुङ प्रकाशनका लागि सहयोग रकम उपलब्ध गराएकोमा खाम्बातिम बेलायतप्रति कृतज्ञ रहेको बताए । मुन्धुम रिलुङ प्रकाशनार्थ दाताको नाम विभिन्न कारणले उल्लेख गर्न नमिले पनि थप छलफल गर्न सकिने बताए । खाम्बातिम बेलायतले रिलुङमा दाताको नाम उल्लेख गर्न अुनरोध गरेको थियो ।

किरात राई चाम्लिङ खाम्बातिम बेलायतले मुन्दुम रिलुङ प्रकाशन सहयोगार्थ बेलायतमा गत अक्टोबर २०, २१ र २२ मा देउसीभैलो खेलेको थियो ।देउसीभैलो तीन दिन खेलिए पनि नोभेम्बर २० सम्म सहयोग रकम संकलन गरिएको खाम्बातिम बेलायत महासचिव ईश्वर चाम्लिङले बताएका छन् ।

 

(तेस्रो आँखा डटकमको सहयोगमा तयार पारिएको समाचार सामाग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *