फिफा बेस्ट प्लेयर अवार्ड क्रिष्टियानो रोनाल्डोले जिते

पौष २६ काठमाडौं, विश्व फुटबल महासंघ फिफाले यस बर्षदेखि सुरु गरेको फिफा बेस्ट प्लेयर अवार्ड स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् ।

जुरिचमा आयोजित समारोहमा ३१ बर्षीय रोनाल्डोले बेस्ट प्लेयरको अवार्ड हात पार्ने क्रममा बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लिओनल मेस्सी र एथ्लेटिको मड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोइन गि्रजम्यानलाई पछि पारे । रोनाल्डोले एक महिनाअघि फ्रान्स फुटबलले प्रदान गर्ने बेलोन डि’ओरको उपाधि पनि जितेका थिए । दुवै अवार्ड रियल मड्रिडका लागि युरोपियन च्याम्पियन्स लिग र पोर्चुगललाई युरो २०१६ को उपाधि दिलाएवापत प्रदान गरिएको हो ।

फिफामा आवद्ध मुलुकका राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षक, फिफाले छनोट गरेका पत्रकार र पहिलो पटक अनलाइन फ्यान पोलमार्फत बिजेता छनोट गरिएको हो । चार प्रकारका मतले २५/२५ प्रतिशत स्थान दिइएको थियो ।
रोनाल्डोले जम्मा मतको ३४.५४ प्रतिशत पाएका थिए भने मेस्सीले २६.४२ र गि्रजम्यानले ७.५३ प्रतिशत मत पाएका थिए ।
फिफाले सन् १९५६ देखि फ्रान्स फुटबल एशोसियसनको सहकार्यमा उत्कृष्ट बर्ष खेलाडी अवार्ड प्रदान गर्दै आएको थियो । गएको ६ बर्षदेखि बेलोन डि’ओरको नामबाट यो अवार्ड प्रदान गरिँदैआएको थियो ।
फिफामा गत बर्ष जियानी इन्फान्तिन्हो अध्यक्षमा निर्वाचित भएपछि बर्ष खेलाडी अवार्डमा फ्रान्ससँगको सहकार्य रद्ध गर्ने घोषणा गरेका थिए । त्यसैले फिफाको पहिलो बेष्ट प्लेयर अवार्डको पहिलो सस्करण रोनाल्डोले पाएका हुन् । उनले यसअघि चार बेलोन डि’ओर अवार्ड पाइसकेका छन् ।

फिफाको उत्कृष्ट महिला खेलाडीको उपाधि अमेरिकी स्टार कार्ली ल्योडले पाइन् । ३४ बर्षीय ल्योडले ओलम्पिक बिजेता जर्मनीकी मिलानी बेरिंगर र पाँच पटककी उत्कृष्ट खेलाडी मार्तालाई पछि पारेकी हुन् । ल्योडले २०.६८, मार्ताले १६.६० र बेरिंगरले १२.३४ प्रतिशत भोट पाएका थिए ।

अविश्वसनीय रुपमा क्लवलाई प्रिमियर लिगको उपाधि दिलाएका लिसेस्टर सिटीका प्रशिक्षक क्लाउडिओ रिनेरीले उत्कृष्ट प्रशिक्षकको उपाधि पाए । उनले २२.६ प्रतिशत मत पाएका थिए । उनले रियलका जिनेदिन जिदाने र पोर्चुगलका फर्नाण्डो सान्तोषलाई पछि पारे ।

उत्कृष्ट महिला प्रशिक्षकको उपाधि जर्मनीकी सिल्भिया नेइडले पाइन् । ११ बर्षदेखि जर्मनीको प्रशिक्षक रहेकी उनले गत बर्ष टिमलाई ओलम्पिकमा स्वर्ण दिलाएकी थिइन् ।

त्यस्तै बर्षको उत्कृष्ट गोलको पुसकास अवार्डबाट मलेसियाली स्ट्राइकर मोहम फइज सुब्री सम्मानित भएका छन् । मलेसियन सुपर लिग अन्तर्गतको खेलमा उनले ३५ यार्डबाट प्रहार गरेको फ्रिकिकलाई गोल गरेका थिए । मार्लोन र दानिउस्का रोड्रिगुइजलाई पछि पार्दै उनले ५९.४६ प्रतिशत मत पाएका थिए ।

यस्तै यस बर्षको फेयर प्ले अवार्ड कोलम्बियाको एथ्लेटिको नाकिनोललाई प्रदान गरिएको छ । कोपा सुदामेरिकानाको फाइनल खेल्न कोलम्बिया जान लागेको ब्राजिलियन क्लव चापेकोएन्सी टिम जहाज दुर्घटनामा परेपछि नाकिनोलले प्रतियोगिताको उपाधि चापेकोएन्सीलाई दिन आयोजकलाई आग्रह गरेको थियो ।

फिफा उत्कृष्ट ११ सार्वजनिक भएको छ । उत्कृष्ट खेलाडीको अन्तिम मनोनयनमा परेपनि एन्टोइन ग्रिजम्यानले उत्कृष्ट ११ मा स्थान बनाउन सकेनन् ।
उत्कृष्ट ११ मा रियल मड्रिडबाट ५, बार्सिलोनाबाट ४, युभेन्टसबाट १ र बार्यन म्युनिखबाट १ खेलाडी परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *