भारतले तेस्रो मुलुकबाट नेपाल आउने सामानमा लगाएको ४.५ सेवा शुल्कलाई हटायो

फागुन ७ काठमाडौ,भारतले तेस्रो मुलुकबाट नेपाल आउने सामान एवं वस्तुमा लगाएको ४.५ सेवा शुल्कलाई हटाएको छ ।
नेपालले सो सेवा शुल्क दुई देशको व्यापार तथा वाणिज्य सन्धिको विपरीत भएको भन्दै सकेसम्म छिटो हटाउन भारत सरकारलाई लिखित आग्रह गरेको थियो ।

कलकत्तास्थित महावाणिज्यदूत एकनारायण अर्यालले नेपाल आउने सामान एवं वस्तुमा लगाएको ४.५ सेवा शुल्क हटेको जानकारी आफूलाई प्राप्त भएको जानकारी दिएका छन् ।

करलाई निरन्तरता दिइएको भए, सो बन्दरगाह हुँदै नेपाल आउने सामान महँगो हुने गर्दथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *