भोजपुरी फिल्मकी नायिका अंजली श्रीवास्तवले आत्महत्या गरिन्

एजेन्सी ६ असार- भोजपुरी फिल्मकी अभिनेत्री अंजली श्रीवास्तवले आत्महत्या गरेकी छन् । २९ वर्षिया अंजलीका शव मुम्वई अंधेरीको जुहू गल्लीस्थित परिमल सासाइटीमा उनको फ्ल्याटमा भेटिएको हो ।

डिएन नगर प्रहरीका अनुसार अंजलीको शव कोठाको पंखामा झुण्डिएको अवस्थामा पाइएको थियो । उनी भोजपुरी फिल्ममा विगत ८ वर्षदेखि संघर्षरत थिइन् ।

प्रहरीको अनुसार उनले आत्महत्या नै गरेको हुनसक्ने बताईएको छ । अंजलीको परिवारले दुई तीन दिनदेखि उनलाई लगातार फोन गरेपनि उनले फोन उठाएकी थिइनन् ।

उनको कुनै अत्तोपत्तो लाग्न नसकेपछि घरवालाले नक्कली चाबी बनाएर अंजलीको कोठा फोरेर हेर्दा साडीलाई गाँठो बनाएर पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *