माओवादी केन्द्रको प्यानलै विजय

दाङ `१५ असार- दाङको गढवा गाउँपालिका वडा नम्बर ८ र राप्ती गाउँपालिकाको वडानम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।

गढवा ८ को अध्यक्षमा सद्धाम सिद्दीकी १०७ मत सहित विजयी र राप्ती ९ मा रिमबहादुर सुनारी मगर विजयी भएका हुन् । सिद्धिकी माओवादी केन्द्र दाङका २१ वर्षीय सबैभन्दा कान्छा उम्मेदवार हुन् ।

गढवा गाउँपालिकाको वडा नम्बर ८ साविक कोइलाबास गाविसमा पर्दछ । भारतसँग सीमा जोडिएको सो वडामा कुल मतदाता ४९८ रहेकोमा ३४७ मत खसेको थियो ।

यसैगरी राप्ती गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २०१ मत ल्याउँदै प्यानलसहित विजयी भएका छन् । यस वडामा कुल मतदाता ५८३ रहेकोमा ४३७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *