माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत राख्ने

काठमाडौ २७ असोज- माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत राख्दै आफ्ना मन्त्रीहरु फिर्ता नबोलाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापा लगायत ८ जनालाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेपछि माओवादी पार्टी सरकारबाट बाहिरिने धेरैले अनुमान गरेका थिए ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग कुराकानीमा ‘हामी तोकिएको समयमा चुनाव चाहन्छौं त्यसैले अहिले सरकारबाट फिर्ता हुँदैनौं र समर्थन पनि फिर्ता हुँदैन ।’

प्रधानमन्त्री देउवाले गरेको मन्त्रिपरिषद विस्तार आचार संहिता विपरीत एवं गलत कार्य भएको नेता श्रेष्ठले बताए । उनले भने–‘नयाँ मन्त्रीहरुको नियुक्ति आचार संहिता विपरीत छ । कामचलाऊ सरकारले यसरी मन्त्रिपरिषद विस्तार गर्न मिल्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *