रातको १ बजे तिर कुलमान घिसिङ भार प्रेषण केन्द्रमा

माघ २२ काठमाडौ,राति एक बजे तिर कुलमान घिसिङलाई फोन गरेर तपाई कहाँ हुनु हुन्छ भनेर सोधियो भने, कहिले सव स्टेसन त कहिले भार प्रेशण केन्द्रमा पुगेर काम गरिरहेको जानकारी दिन्छन् नेपाल विद्युत प्राधिकरणको प्रमुख कुलमान घिसिङले ।

यसबारेमा उर्जा मन्त्रि जनार्दन शर्मा प्रभाकर भन्छन्, “यसरी रात दिन खटेर काम गरेकै कारण देश लोडसेडिङ मुक्त भएको हो। घिसिङको रातदिनको मेहनतको फल आज हामी लोडसेडिङमुक्त भएर असुलिरहेका उनले बताए” ।

यस्तै प्रधानमन्त्री दाहालले घिसिङलाई प्राधिकरणमा ल्याउन निकै संघर्ष गर्नुपरेको बताए। ‘राम्रा मान्छे ठीक ठाउँमा पर्‍यो भने नतिजा पनि ठीक हुन्छ,’ दहालले भने,’ कुलमानलाई यस ठाउँमा ल्याउन मलाई धेरै संघर्ष गर्नुपरेको थियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *