राष्ट्रिय बाणिज्य बैंकको विभिन्न पदमा २ सय ४९ जनाका लागि जागिर खुल्यो

rastriya-banijya-bankभदौ २८ काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले विभिन्न पदमा २ सय ४९ जनाका लागि दरखास्त आहृवान गरेको छ ।दरखास्त दिनको लागि प्लस टु देखि स्नातकोत्तर सम्म पढेको हुनु पर्ने सुचनामा जनाइएको छ ।
३० दिन अर्थात् असोज २८ गतेभित्र सिंहदरबार अगाडि रामशाहपथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दरखास्त बुझाउनुपर्ने हुन्छ । दोब्बर दस्तुर तिरेर थप ७ दिन आवदन फारम बुझाउन सक्ने बैंकले जनाएको छ ।

लिखित परीक्षा लोक सेवा आयोगले लिने भएकाले उम्मेदवारहरुबीच प्रतिस्पर्धा गरी सबै भन्दा बढी अंक प्राप्त गर्नेहरुलाई छनोट गरिने छ । लिखित परिक्षा पास गरेपछाडि बैंकले मौखिक परीक्षा पनि लिनेछ ।

मंगलबार निकालेको सूचनामा प्रशासन अन्तर्गत ६ तहको सहायक प्रबन्धकमा ६९ जना कर्मचारी मागेको छ । अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण गरेकाले मात्रै सहायक प्रवन्धकमा आवेदन दिन सक्ने सुचनामा उल्लेख छ।

बैंकले प्रशासन अन्तर्गत पाँचौं तहको वरिष्ठ सहायकका लागि १९ वटा कर्मचारी मागेको छ । व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण गरेकाले बरिष्ठ सहायक पदमा आवेदन दिन सक्नेछन् ।
पाचौ तहको वरिष्ठ सहायक (नगद शाखा) मा ५० जना कर्मचारी मागेको छ । व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण गरेका व्यक्तिले यो पदका लागि आवेदन दिन सक्नेछन् । यसै तहको वरिष्ठ सहायक (सुचना प्रविधि) का लागि ६ जना कर्मचारी मागको छ । यसका लागि कम्प्युटर साइन्स वा सुचना प्रविधि बिषयमा स्नातक उत्तिर्ण आवश्यक छ ।

बैंकले प्रशासन अन्तर्गत चार तहको सहायक पदका लागि ५५ जना कर्मचारी मागेको छ । चार तहकै सहायक (नगद) का लागि पनि ५० जना कर्मचारी माग गरेको छ । यसका लागि प्लस टु उत्तिर्ण भएको हुनु पर्छ ।

खुल्ला र समावेसीका लागि छुट्टै दरखास्त आवेदन फारम नभरी एउटै फारम भर्नुपर्ने बैंकले निकालेको सार्वजानिक सूचनामा उल्लेख छ । २१ वर्षदेखि ३५ वर्षसम्मका पुरुष र २१ वर्षदेखि ४० वर्षसम्मका महिलाले आवेदन दिन सक्नेछन् । बैंकमा जागिर खाइरहेकालाई भने उमेर हद नलाग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *