वाईसियल अध्यक्ष सहित माओवादी केन्द्रका ३१ जनाले सामुहिक राजिनामा दिए

सल्यान १५ असार- सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । गाउँपालीकाको केन्द्रको बिषयलाई लिएर उनिहरुले राजिनामा दिएका हुन ।

पहिले माओवादीले ढोरचौर गाउँपालीकाको केन्द्र कालालेखमा राखेको र अहिले आएर पार्टीले ढोरचौर बजारमा राख्न सहमति जनाएको भन्दै असुन्तुष्ट बनेका उनिहरुले आज सामुहिक राजिनामा दिएका हुन् ।

राजिनामा दिनेहरुमा नेकपा माओबादी केन्द्र ढोरचौर गाउँपालीका उपाध्यक्ष वीरबहादुर बोहोरा (विहानी), वडा नम्बर २ र ३ का इन्चार्ज सुनिल बस्नेत, गाउँपालीका वाइसीएल अध्यक्ष देवहादुर बस्नेत, धनेशकुमार चलाउने, उदिराम बुढाथोकी गोपाल चलाउने, प्रेम बुढाथोकी वीरबहादुर बुढाथोकी, धनबहादुर चलाउने, मनबहादुर विक लगायत ३१ जनाले राजिनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *